आयोध्याबाट हात्ती, ऊँट र घोडासहितकाे जन्ती जनकपुरधाम आउने

|

जनकपुरधाम : सप्ताहव्यापी राम-जानकी विवाह पंचमी महोत्सवमा यस वर्ष भारतको अयोध्याबाट साधुसन्तहरू जन्ती बनेर हात्ती, ऊँट र घोडासहित जनकपुरधाम आउने भएका छन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृति महत्त्व बोकेको साताव्यापी विवाह पंचमी महोत्सवमा यस वर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र जन्तीहरू हात्ती, घोडा र ऊँट चढेर आउने भएको हो।  

विवाह पंचमी महोत्सवको अवसरमा जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सहमहन्थ रामरोशन दासले आयोधाबाट हात्ती, घोडा र ऊँट चढेर जन्ती जनकपुरधाम आउन लागेको जानकारी दिएका छन्। उनले भने, ‘यस वर्ष विवाह पंचमी महोत्सवमा ५०० विशिष्ट अतिथि र पँचदेखि १० हजार जम्मा जन्ती आउने जानकारी प्राप्त भएको छ। विवाह पंचमी महोत्सवको थप महत्त्व बढाउन एक हजार ५०० पुस्तक प्रकाशन गरी निःशुल्क वितरण गर्ने हाम्रो योजना रहेको छ।’

यस वर्ष पहिलो पटक भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुरधाम आउनु मिथिलाबासीको लागि गौरवमय कुरा भएको बताउँदै उनको स्वागतको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। सहमहन्थ दासका अनुसार अनुमानित दुई करोड ५० लाख रुपैयाँ खर्च हुने जनाएको छ। जानकी, राम र लक्ष्मण मन्दिरलाई इलेक्ट्रिक बल्बले सजाउनुका साथै विवाह मण्डपलाई फूलबारी जस्तो सजाउने कार्य तीब्र रूपले भइरहेको उनले पत्रकार समक्ष जानकारी दिए।

१० लाख दर्शनार्थी, पाँच हजार सुरक्षाकर्मी

विवाह पंचमीमा १० लाख बढी दर्शनार्थी भित्र्याउन जानकी मन्दिर र प्रदेश सरकार जुटेको छ। विवाह पंचमी महोत्सवलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विगाहको सरसफाई, अस्थायी बास, अस्थायी शौचालयको व्यवस्था गर्न लागेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री (गृहमन्त्री) ज्ञानेन्द्र यादवका अनुसार मुख्यमन्त्री योगीको सुरक्षा विशेष महत्त्वपूर्ण भएकाले पाँच हजार प्रहरी परिचालन गरिन लागिएको जनाए। उनले भने, ‘उत्तरप्रदेशका मुख्यमन्त्री तथा यहाँका पाहुनाका लागि कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रदेश सरकारलाई गम्भीरताका साथ लिएको छ। सुरक्षा समितिको बैठकमा सुरक्षा घेरा निर्माण गरी मुख्यमन्त्री योगीको भ्रमण सफल गराउन लागेका छौँ।’

उनको भ्रमणको समयमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन हजार ५०० नेपाल प्रहरी र झण्डै एक हजार ५०० सशस्त्र प्रहरीसमेत परिचालन गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.