|

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताए।

बागलुङ जिल्लाको गलकोटमा शुक्रबार आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए। 

राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थाले पनि टुंगाेमा पुर्‍याउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.