|

नेपालकी श्रृंखला खतिवडाले मिस वर्ल्डको टप १२ मा पुगेर मिस वर्ल्ड २०१८ को यात्रा टुंग्याएकी छन्।

चीनको सान्यामा भएको मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालकी श्रृंखला एसिया–ओसियाना क्षेत्रबाट टप १२ मा परेकी थिइन्। यो क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए।
यो एसिया-ओसियानाबाट मिस थाइल्यान्ड टप ५ मा पुगेकी छन्।

श्रृंखला मिस नेपाल वर्ल्ड २०१८ विजेता भएर मिस वर्ल्डमा सहभागी भएकी हुन्।

नेपालकी ईशानी श्रेष्ठ पाँच वर्षअघि मिस वर्ल्डको टप १० मा पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.