|

सल्यान : लोपाेन्मुख कला संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले लोक कला संस्कृति सम्मेलन गरेको छ। समाज परापूर्वकालदेखि रहेका पुराना संस्कृतिको जर्गेना गर्दै भन्दै शनिबार त्रिवेणी तीर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरेको हो। 

जिल्लाका गाउँबस्तीमा रहेका परम्परा युवापिँढीले स्वीकार गर्न नसक्दा बुढापाकासँगै हराउन थालेपछि त्यसको संरक्षण एव प्रवर्द्धनका लागि लोककला संस्कृति सम्मेलनको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए। 

युवालाई पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृति संरक्षणमा अग्रसर गराउन र समाजमा लेकेर रहेका लोक संस्कृतिलाई पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्न सम्मेलनको आयोजन गरिएको डाँगीको भनाई रहेको छ। 

सम्मेलनमा लोपउन्मख रहेका पैसेरी(लहरे) सारेठी, वन्गाडी टप्पा लगायतका लोक संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.