|

स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्य लगोल अन्तरले पराजित गरेको छ। 

शनिबार राति भएको खेलमा बार्सिलोनकालाई फराकिलो अन्तरले विजयी गराउन लियोनल मेसीले दुई गोल गरे। खेलको १७ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि २६ औं मिनेटमा मेस्सीको पासमा डिम्बेलेले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे। 

४५ औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे। पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्साले ६५ औं मिनेटमा चौथो गोल गर्‍यो। त्यो गोल मेसी ले नै गरे। 

शनिबार नै भएका अन्य खेलमा एट्लेटिको मड्रिड अलभेसलाई तीन शुन्यले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई तीन दुई गोल अन्तरले हरायो। त्यस्तै भ्यालेन्सिया र सेभिल्लालो एक एक गोलको बराबरी खेले। 

 जितसँगै बार्सिलोनाको १५ खेलबाट ३१ रहेको छ।  उ लीग तालीकाको शीर्ष स्थानमा रहेको छ भने सेभिल्ला र एट्लेटिको मड्रिड समान २८ अंकका साथ दोस्रो र तेस्रो स्थानम रहेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.