|

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। 

शनिबार राति भएको खेलमा चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रामा विराम लागेको हो। चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो। चेल्सीलाई जित दिलाउनका लागि एंगोलो कान्टे र डेविड लुइजले एक–एक गोल गरेका थिए। 

पहिलो हाफमा एक शून्यको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनायो। खेलको ४५ औँ मिनेटमा गोल गरेको चेल्सीले दोस्रो हाफको ७८ औँ मिनेटमा अर्को गोल गर्‍यो। 

शनिबार राति नै भएका अन्य खेलमा टोटनह्याले लेस्टर सिटीलाई २–० ले हराउँदा वेष्टह्यामले क्रिष्टर प्यालेसलई ३–२ गोल अन्तरले पराजित गर्‍यो। त्यस्तै म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ४–१ को फराकिलो अन्तरले पाखा लगायो भने कार्डिफले साउथह्यमटनलाई एक शून्यले हराउँदा बर्नलीले ब्रिङ्टनलाई एक शून्यले नै पराजित गर्‍यो। 

२१ खेलबाट अपराजित यात्रामा पूर्णविराम लागेको  सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा झरेको छ। उसको १६ खेलबाट ४१ अंक छ भने बर्नमाउथलाई हराएको लिभरपुल ४२ अंकसहित पहिलो स्थानमा छ। टोटनह्यामको १६ खेलबाट ३६ अंक छ भने चेल्सी ३४ अंकसहित चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.