काठमाडौं : बुगीउगी विजेता कविता नेपाली फिचरिङ ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ। प्रराज पौडेल र सुजाता बर्माको स्वर रहेको गीतमा पुष्करराज पन्तको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ।
भिडियोमा कवितासँगै पुष्कर फिचर्ड छन्। अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेले गरेका छन्। पुष्करले नै निर्माण गरेको भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ।
भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।