|

काठमाडौं : संयुक्त राज्य अमेरिकामा रहेर नेपाली कार्यक्रम गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ। सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ।

अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्‍बिर छन्। नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोसुट गरेर क्यालेन्डरमा तस्ब‍िर सार्वजनिक गरिएको हो। 'क्यालेन्डर युएसए – २०१९' शीर्षक राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्‍बिर नेपालमा फोटोग्राफर महेश प्रधान र युएसएमा फोटोग्राफर विक्रान्तमान श्रेष्ठले खिचेका हुन्।

इभेन्ट, फेसन सो तथा फिल्म प्रदर्शनसमेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीले बताए। नेशनल ब्याडमिन्टन खेलाडीसमेत रहेका रोशन टेलिभिजन सो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो। पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नोपन झल्काउने बताए। 'हाम्रो सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौँ', उनले भने, 'हामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैँले तयार गरेर प्रयोग नगर्ने।'

उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए। उनले नेपालीसँग स्थानीयले क्यालेन्डर लिने गरेको बताए। 'पछिल्लो समय हामीले तयार गरेको क्यालेन्डरलाई स्टाइलिस भन्दै स्थानीयले पनि लाग्नुभएको थियो', रोशन भन्छन् 'यसपटक क्वालिटीलाई मध्यनजर गर्दै नेपाल र अमेरिकामै बस्ने नेपाली मोडललाई फोकस गर्दै विशेष फोटोसुट नै गरेका छौँ।'

तयार भइसकेको क्यालेन्डरको प्रतिक्रिया राम्रो प्राप्त भएको उनले बताए। क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत, मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मोडल रोजी खुराना, मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान, मोदन न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ, मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी, मोडल निकी आचार्य, मोडल सम्पदा बानिया र नायिका सारा सिर्पाइलीको तस्बिर छापिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.