|

काठमाडौं : फिल्म 'सुश्री सम्पत्ति' को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ। आगमी शुक्रबार अर्थात् मंसिर २८ गतेबाट रिलिज हुने यस फिल्मको जापान, दक्षिण कोरिया र युरोप प्रदर्शन अधिकार बिक्री भएको हो।

फिल्मलाई जापान र कोरियाको लागि सूर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन्। नेपाल रिलिजको केही दिनमा युरोपका विभिन्न सहर, जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ।

फिल्मलाई विदेशमा देखाइएको चासोबाट आफू निकै हर्षित भएको निर्देशक सुव्रतराज आचार्यले बताए। उनले भने, 'फिल्मलाई लिएर देश तथा विदेशबाट आइरहेको चासोले हर्सित बनाएको छ। फिल्मलाई हामीले अमेरिकामा प्रदर्शन गर्ने तयारी गरिरहेका छौं। केही दिनमा घोषणा गर्नेछौं। जापान, कोरिया र युरोपका विभिन्न सहरमा नेपाल रिलिज भएको साता पछिको सेड्युलमा रिलिज हुने छ।'

दुई युवाले 'सुश्री सम्पत्ति' को पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद समावेश फिल्ममा अभिमन्यूकै पटकथा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.