|

काठमाडौं : पहिलो गीति संग्रह ‘सफलताको शिखर’ लिएर गौरवनारायण राई नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन्। उनको एल्बम गायक तथा संगीतकार भीषण मुकारुङ, विनोद खम्बु, गायक गौरवनारायण राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, पत्रकार गोपीकृष्ण चापागाइँ लगायतले संयुक्त रूपमा विमोचन गरे। 

धनकुटाको पाख्रिवास नगरपालिका ७ का राईले चारवटा गीतमा आफैँले संगीत दिएका छन् भने विनोद खम्बु र कृष्णभक्त राईले संगीत भरेका छन्। सातवटा गीतमा उनको एकल स्वर छ। एउटा ‘आधि बाटो’ बोलको गीत भने कविता बराइलीसँग मिलेर गाएका छन्। आठ गीतमध्ये ‘सफलताको शिखर’ र ‘नौ डाडापारी’ बोलको गीतको लिरिकल भिडियो पनि बनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.