|

नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्द व्यावसायिक लिग खेल्दै आएको इन्डोनेसियाको लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। पर्सिजा जकार्तालाई उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका निभाएका उनले आइतबार लिग वानको उपाधि जित्दा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए। लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका थिए। रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मद्दतले पर्सिजाले लिग उपाधि जित्न सफल भयो। अन्तिम खेलमा मिट्रा कुकारलाई २–१ ले पराजित गर्दै पर्सिजाले लिगको उपाधि जितेको हो।

लिगको ३१ खेलको समाप्तिमा रोहितले ३ गोल र २ असिस्ट गरेका थिए। रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन गरेका थिए।

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेबिड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए। तर उनीहरूलाई पछि पार्दै रोहितले बाजी मारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.