|

काठमाडौं : रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। 

रसुवाको स्याब्रुबेसीबाट काठमाडौं आइरहेको ना १ ज ६१७६ नम्बरको गाडी जाँच गर्ने क्रममा गोसाइकुण्ड गाउँपालिका– १, थुमनका निमा दोर्जे तामाङ  पक्राउ परेको रसुवाका प्रहरी निरीक्षक रन्जन अवाले थाहाखबरलाई जानकारी दिए।

उनलाई रसुवाको धुन्चे ६ बाट नियन्त्रणमा लिइएको अवाले बताए।  केहीबेरमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.