|

पोखरा : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय गाउँ सिक्लेस जाने बाटो पक्की बनाउन आफूले पहल गर्ने बताएका छन्। सिक्लेसमा बनेको शान्ति स्तम्भ उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पोखरा पुगेका प्रचण्डले सिक्लेस जाने बाटोमा पर्ने विजयपुर खोलामाथिको पक्की पुल उद्घाटनसमेत गरे। ‘सिक्लेस सम्म जाने बाटो अझै पनि कच्ची नै छ भन्ने सुनेको छु,’ प्रचण्डले भने, ‘शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने बाटो पक्की बनाउन नैतिक रुपमा पनि र ब्यबहारिक रुपमा पनि अब मेरो जिम्मेवारी भयो। पूरा गर्नेछु।’
विस्तृत शान्ति सम्झौता हुनु अगाडि प्रचण्डलगायत तत्कालीन माओवादीका नेतालाई सिक्लेसबाट काठमाडौं लगिएको थियो। त्यतिबेला प्रचण्डलाई लिन तत्कालीन गृहमन्त्री कृष्ण सिटौला सिक्लेस पुगेका थिए।

सोमबार सिक्लेसमा उद्घाटन हुन लागेको शान्ति स्तम्भको उद्घाटन कार्यक्रममा उनै सिटौला र प्रचण्ड आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.