|

रुकुम : विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा हुन्छ। तर, रुकुम पश्चिममा भने स्थानीय सरकारलाई नै चुनौती दिँदै सरकारको भन्दा ठूलै आर्थिक सहयोग र श्रमदान गरेको छ। रुकुम पश्चिम आठबिसकोट नगरपालिका ३, खदिका हर्कवीर नेपालीलाई पार्टीको जनपरिषदले ७५ हजार नगद तथा अन्य लत्ताकपडा सहयोग गरेको हो।

नेकपा रुकुम पश्चिका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाका अनुसार पार्टीले नगद रकमसँगै उनको जलेर नष्ट भएको घर निर्माणका लागि कार्यकार्यताहरूले श्रमदान समेत गरिरहेको छन्। ‘आगलागी हुँदा घरमा रहेका सबै अन्नपात र कपडा जलेको थियो, राज्य तर्फको प्रहरी मुचुल्‍का पनि ३१ लाख क्षति भएको उल्लेख छ’ उनले भने, ‘नगरपालिकाले एकदुई बोरा चामल र त्रिपाल दिएको भन्ने कुरा आयो, त्यतिले मात्र ठूलो क्षतिलाई पर्याप्त थिएन, जसअनुसार पार्टीले जनताको दुखमा आर्थिक तथा श्रमदान सहयोग गर्ने निर्णय गर्‍यो।’ मंसिर २ गते घरमा एक्कासि आगलागी हुँदा नेपालीको तीनतले घर जलेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.