|

सुनसरी : अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ। एन्फा सुनसरीको संयोजनमा सोमबारबाट इटहरीमा सुरु भएको फुटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आगामी शुक्रबारसम्म चल्नेछ। कार्यक्रमको एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै राईले नेपाली फुटबलमा लामो संघर्षपछि परिवर्तन आएकाले फुटबलले गति लिन थालेको बताए।

कार्यक्रममा बोल्दै एन्फा प्रवक्ता किरण राईले नेपाली फुटबलमा लामो समयदेखिको सिण्डिकेट अन्त्य भएकाले यसप्रकारको प्रशिक्षक प्रशिक्षण कार्यक्रम ल्याउन वर्तमान कार्यसमिति सफल भएको बताए। देश संघीयतामा गएसँगै नेपाली फुटबलको संरचना पनि परिवर्तन गर्न लागिएकाले एन्फाले प्रदेश लिग र जिल्ला लिग गर्ने तयारी गरेको जानकारी दिए।

यस्तै प्रत्येक नगरमा नगर समितिसमेत गठन गर्ने तयारी गरिरहेकोले तालिम लिएर योग्य भएका प्रशिक्षकहरु बेरोजगार बन्नुपर्ने अवस्था नरहने प्रबत्ता राइले दाबी गरे। एन्फा केन्द्रिय सदस्य दिपक राइले सहभागी प्रशिक्षार्थीहरुलाइ आधारभूत तालिम पश्चात सी लाइसेन्सको लागी सिफारिस गरिने बताए। उनले यो तालिम अन्य प्रदेशमा पनि संचालन गरिने जानकारी दिए।

तालिममा प्रदेशका १० जिल्लाबाट ३४ जना सहभागी रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए। पाँच दिनसम्म चल्ले प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एन्फा टेक्निकल डाइरेक्टर ताकिता चाइकी, एन्फा उपाध्यक्ष एवंम प्रशिक्षक उपेन्द्रमान सिंह, एन्फा ग्रास सुट म्यानेजर संजित सिंहले प्रशिक्षण दिनेछन। गोलकिपरको लागी मित सुमारा तोसिहिरोले प्रशिक्षण दिने कार्यक्रम रहेको एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.