|

डडेल्धुरा : पत्रकारलाई सकारात्मक कुरामा कलम चलाउन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लेखराज भट्टले आग्रह गरेका छन्। आइतबार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १३औँ साधारणसभामा उनले यस्तो आग्रह गरेका हुन्। नेपाली सञ्चार माध्यममा वर्तमान सरकारको नकारात्मक कुराहरू मात्रै आइरहेको उनले बताएका छन्। पत्रकारले नकारात्मक कुरालाई मात्रै प्राथमिकता दिए नेपाली जनतामा निराशा छाउने उनको भनाइ थियो।

‘मैले पत्रपत्रिका र अनलाइन हेर्छु। सरकारको नकारात्मक मात्रै आउँछ नेपाली मिडिया।’ उनले भने, ‘त्यसले नेपाली जनतामा निराशा दिन्छ।’ पत्रकारले गणतन्त्र ल्याउनमा खेलेको भूमिका उल्लेखनीय रहेको र यसलाई मजबुद बनाउन सकारात्मक भूमिका खेल्ने कि नखेल्ने? उनले प्रश्ने गरे।

विगतका दिनभन्दा संचारमाध्यमप्रतिको आस्था घट्दै गइरहेको उनको ठम्याइ छ। ‘हिजोको दिनमा संचारमाध्यमप्रति एउटा आस्था थियो। सबैले सम्मान गर्थे। जसरी राजनीतिमा लागेका व्यक्तिप्रति सम्मान हुन्थ्यो। त्यस्तै पत्रकारितामा लागेका व्यक्तिलाई भित्रैबाट जनताले सम्मान गर्थे।’ उनले भने, ‘यसलाई राज्यको चौथो अंग भनेर पनि नामाकरण गरिएको छ।

यसको काम कर्तव्य के हो भन्ने विषय अहिले सायद सबैले बिर्सिएको जस्तो छ।’ संचारमाध्यमले नकारात्मक कुरामात्रै गर्ने हो कि यसले सकारात्मक कुरा पनि गर्ने हो? उनले प्रश्न गरे। पत्रकारिता पेशालाई अहिलेको आवश्यकता र जनताको चाहनाअनुरूप हामीले रूपान्तरण गर्ने सक्यौँ कि सकेनौँ? यस विषयमा अहिले बहस हुनुपर्ने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.