मुख्यमन्त्री योगी आदित्यनाथ २६ गते आउने

|

जनकपुरधाम: त्रेतायुगमा मिथिलाका राजा जनक सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको विवाहको स्मरणमा मनाइँदै आएको रामजानकी विवाह पञ्चमीको अवसरमा अयोध्यबाट लावा लस्करसहित जन्तीको टोली जनकपुरधाम आइपुगेकाे छ। सोमबार भारत उत्तर प्रदेशको अयोध्याबाट हिडेको  जन्तीको टोली साँझ जनकपुरधाम आइपुगेको हो।

भारत उत्तर प्रदेशको अयोध्या तथा बिभिन्न शहरबाट गाडी, घोडा तथा ऊँटमा सवार भइ आएका जन्तीलाई जानकी मन्दिरका सह-महन्थ रामरोशन दास वैष्णवले धनुषास्थित नेपाल भारतको सिमावर्ती क्षेत्र जटहीमा स्वागत गरेका थिए। जन्तीका रुपमा अएका साधुसन्तहरूलाई धनुषास्थित जटही नाका हुँदै जनकपुरधाम आइपुगेका हुन्। यसअघि प्रत्येक वर्ष महोत्तरीको भिठ्ठामोड नाकाबाट आउने गरे पनि यसवर्ष धनुषा नाकाबाट आएको पहिलो पटक हो।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जयनगर जनकपुरधामको रेल्वे सेवा उद्घाटन गर्ने भनिएकोमा विरोध जनाएको बेलामा योगीको जनकपुरधाम यात्रा धार्मिक मात्र रहेको यकिन पछि निधिको विशेष धनुषा नाकाबाट आउन आग्रह गरिएको स्राेतको भनाई रहेको छ।

जनकपुरधाममा जारी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमा यसवर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री आउने भएपछि विशेष तयारी गरिएको छ। राजा दशरथको राज्य तथा रामको जन्मभूमि मानिएको अयोध्याबाट सयौंको संख्यामा जन्ती (बरियाती) जनकपुरधाम आएका छन्।  

यता भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ योगीको २६ गते जनकपुरधाम आउने कार्यक्रम तय गरिएको छ। उनी उत्तर प्रदेशको राजधानी लखनउबाट सिधै जनकपुरधाम आउने तथा जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ। यसैगरी प्रदेश २ सरकारको मधेश भवनमा आयोजना हुने भण्डारामा सहभागि हुने जनाईएको छ। ततपश्चातः ऐतिहासिक बाह्रविघा रंगभूमी मैदानमा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा सहभागी प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.