|

भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलमा दुर्लभ जित हात पारेको छ। जारी अस्ट्रेलिया र भारतबीचको ४ खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारत ३१ रनले विजयी भएको हो।

भारत १० वर्षपछि पहिलो पटक अस्ट्रेलियन भूमिमा टेस्ट खेलमा जित निकाल्न सफल भयो। भारतले २००८ मा अनिल कुम्बलेको कप्तानीमा जित निकालेको थियो।

भारतले एडिलेडमा भने पछिल्लोपटक २००३ मा शौरव गांगुलीको कप्तानीमा जित निकालेको थियो। दुई टिमबीच ७१ वर्षे टेस्ट इतिहासमा पहिलोपटक भारतले सिरिजको पहिलो खेलसमेत जित्न सफल भयो। चार खेलको सिरिजको दोस्रो टेस्ट १४ डिसेम्बरमा पर्थमा सुरु हुनेछ।

भारतले दिएको ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो इनिङमा अन्तिम दिन २९१ रनमा समेटियो। शन मार्शले सर्वाधिक ६० रन तथा कप्तान टिम पेनले ४१ रन बनाउँदा भारतका लागि मोहम्मद सामी, जसप्रीत बुमराह र रविचन्द्र आश्विनले समान ३–३ विकेट लिए। यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा २३५ रन बनाएको थियो। जहाँ भारतीय टिमले पहिलो इनिङमा २५० रन बनाएको थियो भने दोस्रो इनिङमा ३०७  रन बनायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.