|

काठमाडौं : प्रहरीमाथि विश्वासको संकट छ। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरबाही गर्‍यो। मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्तको रूपमा खडा गरिएका कारण प्रहरीमाथि सबैतिरबाट प्रश्न उठिरहेको छ।

नयाँ पत्रिका दैनिक लेख्छ, यस्तो अवस्थामा थप आशंकित व्यक्तिहरूको डीएनए परीक्षण पनि प्रहरीकै प्रयोगशालाबाटै भइरहेको छ। जब कि प्रहरीको भन्दा अत्याधुनिक प्रयोगशाला खुमलटारमा छ। सरकारै मातहतको केन्द्रीय विधिविज्ञान प्रयोगशाला भए पनि प्रहरीले आफैँ डीएनए परीक्षण गर्नुले पनि ऊमाथि थप आशंका बढेको छ। 

हाल थुनामा रहेका प्रदीप र विशालसहित थप १५ जनाको डीएनए परीक्षणको क्रममा छ। केन्द्रीय विधिविज्ञानको सहयोग लिएर प्रहरीले आफैँ त्यसको परीक्षण् गरिरहेको छ। डीएनए स्याम्पलिङका लागि मात्र प्रहरीले केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउने गरेको छ। 

प्रहरीको प्रयोगशाला अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त रहेको र त्यहाँ विशेष्ज्ञहरू रहेकाले कुनै शंका गर्नुनपर्ने प्रहरी प्रवक्ता उत्तमराज सुवेदी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.