|

पर्वत : म्याग्दीको बेनीमा रहेको गलेश्वरधाममा बाला चतुर्दशीको दिन ६ लाख रुपैयाँ भेटी संकलन भएको छ।

गत बिहीबार बालाचतुर्दशी पर्वमा शतबीज छर्न र दर्शनका लागि पुगेका भक्तजनले चढाएको भेटीले  ६ लाख ३२ हजार ५८७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए। 

भक्तजनले चढाएको भेटीबाट मन्दिरमा पूर्वाधार निर्माण र प्रवर्धनात्मक कार्यक्रम सञ्चालनमा परिचालन गरिने कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। बालाचतुर्दशीमा शतबीज छर्न, कालीगण्डकी स्नान र पूजाआजाका लागि गलेश्वरमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायतका स्थानबाट हजारौँ भक्तजन पुगेका थिए।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि र साउनको सोमबार मेला लाग्छ। सतिदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.