|

काठमाडौंः नेपाली कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए।

उनका अनुसार सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ।  साथै कांग्रेसले सरकारका राम्रा काममा सघाउने निर्णय गरेको छ। कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनेदेखि आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा समेटिएको छ।

पहिलेदेखि जस्तै अहिले पनि नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.