|

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गर्न काठमाडौंमा सार्कस्तरीय सांस्कृतिक महोत्सव तथा परम्परागत नृत्य आयोजना भएको छ।

सार्क सांस्कृतिक केन्द्र श्रीलंका मुख्य आयोजक रहेको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रील‌ंका र माल्दिभ्सका कलाकारले आफ्नो संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यता रहेको महोत्सव मंसिर २५ देखि २८ गतेसम्म नेपाल प्रज्ञा-प्रतिष्ठानमा चल्नेछ। महोत्सवमा सम्बन्धित देशका ४७ कलाकारले आफ्नै देशको संस्कृति झल्कने परम्परागत नृत्य, गीत/ संगीत प्रस्तुत गर्नेछन्।

नेपालबाट १५, श्रीलंकाबाट ११, माल्दिभ्सका १०, बङ्गलादेशका सात र भारतका ६ गरी ४७ कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। सार्कका पाँच क्षेत्रीय केन्द्रमध्ये कोलम्बोको सांस्कृतिक केन्द्रले संस्कृति प्रवद्र्धनको काम गर्दै आएको छ। केन्द्रले संस्कृति, पुरातत्व, ललितकला, गीत, नाटक र नृत्यजस्ता कार्यक्रम गर्ने गर्छ। 

फोटोमा हेर्नुहोस् पहिलो दिनको कार्यक्रम

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.