|

काठमाडौं : कमै मात्रै एउटै कोठमा उपस्थित हुने शेयर बजारको नियमक निकाय, लगानीकर्ता, ब्रोकर कम्पनी, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री सोमबार एउटै कोठमा उपस्थित भए। चार पूर्वअर्थमन्त्री रहेको सांसदको अर्थमसितले यस्तो व्यवस्था मिलाएको थियो विषयमा राखिएको थियो पुँजी बजारमा देखिएको समस्या र समधान। निरन्तर पुँजी बजार घटीरहेको अवस्थामा सुधारको लागि सरकारले काम नगरेको गुनासो गर्दै लगानी अनसनमा बसेका लगनीकर्ताका प्रतिनिधि देखि धितोपत्रकारोबारमा एकाधिकारको माग गर्ने ब्रोक एसोसियस सहित मर्चेन्ट बैकका प्रतिनिधिहरूले सरकार र नियमक निकायको कमजोरीको कारण शेयर लगानीकर्तारहरूले धेरै गुमाउनु परेको तर्क गरे।

लगानी कर्ताले राष्ट्र बैंकले पुँजी योजनाले गलत नतिजा दिएको आरोप लगाए भने ब्रोकरहरूले आफूहरूलाई विश्वास गर्न नसक्दाको परिणाम भने नियमक निकाय एक आपसमा आरोप प्रत्यारोप लगाउने थलो बनाए अर्थसमिति।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकको अदुरदर्शी पूँजी योजनाका कारण बजारमा समस्या आएको गुनासो गरे। उनले सरकारलाई पटक पटक आग्रह गर्दा पनि लगानी कर्ताको विषयमा गुनासो नसुनिएको बताए।

मर्चेन्ट बैंकर तथा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तिमिल्सिनाले धितोपत्र बोर्डको कार्यशैलीका कारण शेयर बजारको बिस्तार हुन नसकेको बताएका थिए । समिति छलफलमा मर्चेन्ट बैंकिङ एसोसिएसनका अध्यक्ष ध्रुव तिमिल्सिनाले धितोपत्र बोर्डले बजारमा अल्पकालिन सुधारका योजना मात्र बनाउने गर्दा समस्या भएको बताए। छलफलका क्रममा मर्चेन्ट बैंकर तथा स्टक ब्रोकर एसोसिएसनका अध्यक्षले धितोपत्र बोर्डको कार्यशैलीका कारण शेयर बजारको बिस्तार हुन नसकेको बताएका थिए । समिति छलफलमा मर्चेन्ट बैंकिङ एसोसिएसनका अध्यक्ष ध्रुव तिमिल्सिनाले धितोपत्र बोर्डले बजारमा अल्पकालिन सुधारका योजना मात्र बनाउने गर्दा समस्या भएको बताएका थिए।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि बोर्डको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै एकोहोरो काम गर्दा समस्या बढ्दै गएको बताएका थिए। मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्ने विषयमा धितोपत्र बोर्डले मौन बस्दा लगानीकर्ता सेवाबाट बञ्चित हुनु परेको उनले आरोप लगाए।

व्यवसायीको गुनसो र आरोपपछप जवाफदिने पालो नियमक निकायको थियो धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की राष्ट्र बैंकलाई देखाएर आपू पन्छिन खोजे उनले मार्जिन कारोबारमा राष्ट्र बैंकले निर्णय नगर्दा कार्यान्वायनमा समस्या भएको बताए। कार्की पछि बोलेका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका कारण कुनै प्रकृया नरोकिएको दाबी गरे।

लगानी कर्ताको प्रश्‍नमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पूँजी योजनाको असर बजारमा नपरेको दाबी गर्दै पूँजी कोषको २५ प्रतिशतसम्मको रकम शेयरमा लगानी गर्न पाउने व्यवस्था उचित रहेको बताए।

गभर्नर नेपालले पूँजी आधार कमजोर रहेका लघुवित्तको शेयर महँगो हुनु अनि वाणिज्य बैंकहरुको शेयर मूल्य सस्तो हुनुले बजारमा कुनै पनि बेला खतरा उत्पन्न हुन सक्नेमा बोर्डलाई सेचत गराए। नेपालले सिमिति मान्छे मात्रै सेयर बजारमा आएर बजार सुधार नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.