|

काठमाडौं:  ६ पुषदेखि काठमाडौंमा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय प्रदर्शनी  ‘निक इलेक्ट्रो टेक-२०१८’ हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा पाँच दिनसम्म प्रदर्शनी हुन लागेको हो।

उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ यस वर्ष ‘आर्थिक समृद्धिको संवाहक-उर्जा’ भन्ने नारा लिएर निक इलेक्ट्रो टेक २०१८ को आयोजना गर्न थालिएको आयोजकले जनाएको छ। 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान-प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य रहेको आयोजक बताएको छ। 

निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.