|

काठमाडाै‌ं : एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भैरहवाले आफ्नो राम्रो लय जारी राखेको छ। मंगलबार त्रिवि मैदानमा चितवन टाइगर्सविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा अलआउट हुँदै १ सय ४३ रन बनायो। भैरहवाका लागि रायन टेनले सर्वाधिक ३५ रन जोडे । त्यसअघि ओपनर प्रदीप ऐरीले २६ तथा रविइन्दर सिंहले २५ रनको योगदान दिए। भैरहवाका लागि थप स्कोरका रूपमा आरिफ सेखले १८ र पुनीत मेहराले १२ रन बनाए। चितवनका सागर ढकालले ३ विकेट लिए।

१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले प्रतियोगितामा तेस्रो हारको सामना ग¥यो। चितवनका लागि आयरल्यान्डका पउल स्ट्रलिङको सर्वाधिक ३८ रनबाहेक अन्यको प्रदर्शन गतिलो रहेन । त्यसपछि जोहन सिम्पसनले २६ रन बनाए । दिलीप नाथले १२ र सहाव आलमले १६ रन जोडे । चितवनलाई तेस्रो हार चखाउनेक्रममा भैरहवाका कप्तान शरद भेषवाकर र रविइन्दर सिंहले समान २–२ विकेट लिए।

दुई खेलाडीलाई कारबाही

इपिएलले मंगलबार पोखरा राइनोजका सुबेन्दु पाण्डेलाई खेल भावनाविपरीत कार्य गरेको भन्दै जरिवाना गरेको छ। मंगलबारको खेलमा उनले अनावश्यक विवाद गर्दा म्याच फीको १० प्रतिशत जरिवाना गरिएको हो । मंगलबार पोखरा र विराटनगरबीचको खेलमा रन नबनाउँदै आउट हुँदा उनले अम्पायरसँग विवाद गरेका थिए। इपिएलले खराब बलिङ याक्सनको कारण देखाउँदै ललितपुर प्याट्रियट्सका गौरव तमोरलाई आगामी खेलमा बलिङ गर्न प्रतिबन्ध लगाएको छ। उनको बलिङ यक्सन अनुसन्धान गर्दा अवैध पाइएको भन्दै उनीमाथि बाँकी खेलका लागि प्रतिबन्ध लगाइएको हो। तमोरले विराटनगरविरुद्ध ४ ओभर बलिङ गर्दै १० रन खर्चेर ३ विकेट लिएका थिए भने  चितवनविरुद्ध ४ ओभर बलिङ गर्दै १ मेडनसहित १ विकेट लिएका थिए। पोखराविरुद्ध ४ ओभर बलिङ गरे पनि उनले विकेट लिन सकेका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.