|

काठमाडौं : संवैधानिक परिषदको बैठक केहीबेरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ। मंगलबार बस्ने भनिएको बैठक पटक–पटकको सारेर पुस ५ गते सम्मका लागि स्थगन गरिएको थियो।

संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण बैठक स्थगन गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बताएको २४ घण्टा नबित्दै फेरि बस्न लागेको हो।

बैठक बिहान ९ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उमेर हदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अवाकाश पाउन लागेका हुन्। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा अाेलीले मंसिर १७ गते बैठक बाेलाएका थिए तर विपक्षी दलका नेता शेरबहादुर देउवा केहीबेर बसेर बाहिएपछि बैठक मंसिर २५ का लागि सारिएकाे थियाे।  

न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएका थिए।  

नेपालको संविधान २०७२ को धारा २८४ मा प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ। 

संवैधानिक परिषद बैठक पुस ५ गतेसम्म स्थगित, फेरि पनि जोशीले कामु सम्हाल्ने!
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.