|

रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि मंगलबार राति कुटपिट भएको छ। गाउँपालिकाको –४ स्थित आफ्नै घरमा रहेका अध्यक्ष केसीमाथि स्थानीय युवाहरुको समुहले कुटपिट गरेको हो।

कुटपिटपछि केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अन्य ठाउँमा पनि चोट छ।  उनलाई बाँफिकोट स्वास्थ्य चौकीमा राति नै लगेर उपचार गराईएको थियो।
मदिरा सेवन गरि स्थानीय एक बिहेबाट फर्किरहेका युवाले अध्यक्ष केसीको घरमा ढुङ्गामुढा गरेको र घर बाहिर आएर अध्यक्ष केसीले त्यसो नगर्न आग्रह गर्दा उनीमाथि नै जाइलागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।

प्रहरी अनुसार कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिई थप अनुुन्धान भैरहेको बताइएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.