|

पोखरा : अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरको व्यावसायिक उडान रोकिने भएको छ। 'रेस्क्यू' बाहेक अरु वेला 'हेली' उडान गर्न नदिने निर्णय अन्नपूर्ण गाउँ कार्यपालिकाले अटेर गरिरहेको बेला संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारले यसलाई रोक्ने बताएका हुन्। 

‘एबीसीमा कुनै पनि हालतमा हेलिकोप्टर उड्न पाउँदैन,’ पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा उद्घाटन गर्दै अधिकारीले भने, ‘यहाँ राहत र रेस्क्यूको बाहेक अरु हेलिकोप्टर उड्न नदिनु भनेर मैले उड्ययन प्राधिकरणलाई निर्देशन दिइसकेको छु।’

हेलिकोप्टरको कारणले पदयात्राको व्यवसाय दिनदिनै जोखिममा परेको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए। ‘सरकारले लक्ष्य राख्छ पर्यटन यहाँ धेरै बसुन्, यहाँ धेरै खर्च गरुन्,’ उनले भने, ‘एक सय डलरमा आधा घण्टा ४५ मिनेटमै आधार शिविर पुर्‍याइदिने भएपछि न पर्यटन व्यवसाय फस्टाउँछ। न विदेशीहरू नेपाल बस्ने समय लम्बिन्छ।’

अहिले अन्नपूर्ण क्षेत्रमा प्रभु, सिम्रिक लगायतका कम्पनीले दैनिक २० भन्दा बढी उडान भरिरहेका छन्। हेलिकोप्टरका कारण एबीसी क्षेत्रको पर्यावरण नै जोखिममा परेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए। 

हेलिकोप्टरको कारण एबीसी क्षेत्रको पर्यावरण नै जोखिममा परेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए। ‘हेलिकोप्टरले गर्दा यहाँका गाउँलेको रोजीरोटी नै खोसिने चिन्ताछ,’ उनले भने, ‘यहाँका मानिसको मुख्य पेशा व्यवसाय भनेकै पर्यटन हो। हेलिकोप्टरले सिधै एबीसीमा मान्छे झारिदिने हो भने यहाँका मान्छेले के गर्ने ?

हेलिकोप्टरको आवाजले यहाँका जंगली जनावर देखिन छाडेको उनले बताए। पाखाभरि देखिने डाँफे, जरायो अहिले भेटिन छाडेको उनको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.