|

बैतडी : भीरबाट लडेर बैतडीमा एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ६ सित्तड सलेनाकी १३ वर्षीया बालिका देवकी गोयला रहेकी छन्। 

घाँस काट्ने क्रममा घर नजिकैको भीरबाट खसेकी बालिकाको शव मंगलवार फेला परेकोे मृतकका दाजु गजबहादुर गोयलाले जानकारी दिए।  गाउँमै रहेको पञ्चदेवल आधारभूत विद्यालय रिँठेगाउँमा कक्षा ४ मा अध्ययनरत थिइन्। सुदूरपश्चिमका पहाडी जिल्लाहरुका महिलाहरुको घाँस काट्ने क्रममा लडेर वर्षेनी मृत्यु हुने गरेको छ।

यस्तै  नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ। घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.