|

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका  नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक बिहीबार बिहानसम्म स्थगित भएको छ।

मंगलबार पुस ५ गते सम्मका लागि स्थगित गरिएको बैठक प्रधानमन्त्रीले आजका लागि बोलाएको थिए। विपक्षी दलका नेता शेरबहादुर देउवाले अाज अाउन भ्याउदिन भाेलि अाउँछु भनेपछि बैठक बिहीबार बिहान ९ बजेका लागि सारिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए। 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले यही पुस १७ गते उमेर हदका कारण अवकाश पाउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गते बैठक बोलाएका थिए। त्यो बैठक पनि देउवाको अनुपस्थितका कारण स्थगित गरिएको थियो।

हिजो बोलाइएको बैठक पनि परिषद्का अध्यक्ष र विपक्षी दलका नेता अनुपस्थित भएपछि पुस ५ सम्मका लागि सारिएको थियो। प्रधानमन्त्रीले आजका लागि बोलाइएको बैठक पनि देउवा नआएपछि स्थगित गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.