|

काठमाडौं : एभरेष्ट प्रिमियर लीग क्रिकेटमा  विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९२ रनको सामान्य लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाउन सक्यो। विराटनगरका लागि भान डेर मेर्वीले २५ रन जोड्दा करण केसीले १८ रन जोडे। यस्तै सुमित महर्जनले १५ रन जोड्दा हरि बहादुर चौहानले अविजित १३ रन बनाए। 

विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका लागि मोहमद नाभिदले उत्कृष्ट बलिङ गरे। नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए। यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २ २ विकेट लिए।  अहिले भैरहवाले जवाफी ब्याटिङ गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.