|

धनुषा : भारत उत्तर प्रदेशका मुख्‍मन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा तथा दर्शन गरेका छन्। राम जानकी विवाह महोत्सवमा आएका उनले झन्डै ७ मिनेट पूजा गरेका हुन्।

उनले जानकी मन्दिरसँगै रहेको जनक मन्दिरमा समेत दर्शन गरेका छन्। योगीको स्वागतमा जानकी मन्दिरको प्रांगणदेखि गेटसम्म रातो कार्पेटले स्वागत गरिएको छ। उनी जानकी मन्दिर प्रवेश गर्ने गेटदेखि दुई लाइनमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम जानकी मन्दिरको भ्रमणलाई लिएर जानकी मन्दिरलाई भव्या रूपमा सजाइएको छ। आदित्यनाथको स्वागतका लागि पाँच कन्या कुमारीलाई जानकी मन्दिरको मुख्य द्वारमा राखिएको थियो भने कन्या कुमारीसँगै ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रका तपश्वीहरूलाई समेत स्वागतका लागि राखिएको छ।

योगीको स्वागत मिथिलाको परम्पराअनुसार हुने जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले जानकारी दिए। योगी आदित्यनाथलाई जानकी मन्दिरमा षोडशस्वर विधिबाट पूजा गराइएको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.