|

काठमाडौं ;  शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाइ गरेका कारण शेयर बजारमा लगानी नबढेको गुनासो गरिरहे पनि राष्ट्र बैंकले त्यसको प्रभाव नपरेको बताएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूबाट अहिलेसम्म ३४ अर्ब रुपैयाँको शेयर कर्जा गएको छ।

बैंकहरूले पुँजीकोषको २५ प्रतिशत मात्रै शेयर धितो दिने व्यवस्था गरेको कारण बैंकबाट कर्जा कमी भएको लगानीकर्ताले आरोप लगाउँदा नेपाल राष्ट्र बैंकले भने सीमासम्मको रकमसमेत सेयर लगानीमा नगएको तथ्य देखाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले शेयर धितोमा ९३ अर्ब रुपैयाँसम्म गर्न सकिनेमा ३४ अर्ब रुपैयाँ मात्रै  शेयर धितो गएको जानकारी गराएका हुन्। ‘शेयर धितोमा कडाइ गरिएको कारण भनिएको छ तर, बैंकबाट ९३ अर्ब रुपैयाँ शेयर बजारमा धितो दिनसम्म अहिलेसम्म ३४ अर्ब रुपैयाँ मात्रै गएको तथ्यांक छ’ राष्ट्र बैंकका गभर्नर डा. नेपालले भने।

किन बढेन कर्जा?

लगानीकर्ता र विज्ञले सेयर कर्जामा रिक्स चार्ज जोखिम बहन बढी राखिएको कारण बढी ऋण ल्याउन र दिन समस्या परेको बताएका छन्। 'शेयर कर्जा बैंकका सबैभन्दा सुरक्षित कर्जा मानिन्छ तर १५० प्रतिशतसम्म रिक्स चार्ज राखिन्छ' शेयर लगानीकर्ता तथा नेपाल इन्भेष्टमेन्ट फोरमा अध्यक्ष अम्बिका पौडेलले भने। पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि शेयर धितोमा धेरै जोखिम शुल्क हानिन नहुने बताउँछन्। 'घर जग्गामा जानेभन्दा त शेयरमा जाने कर्जा सुरक्षित छ, सुरक्षित क्षेत्रमा जोखिम बहन रकम कम राख्नुपर्‍यो' पाण्डेले भने।

बैंकिङ तथा शेयर विज्ञ अनलराज भट्टराई 'रिक्स वेटेज' को कारण बैंकको शेयरमा ऋण दिने क्षेमता घटाएको बताउँछन्। 'रिक्स वेटज बढी राख्दा बैंकको ऋण दिने क्षेमता घटाउछ' भट्टराईले भने, 'अन्य१०० रुपैयाँको कर्जामा १० रुपैया क्यापिटल र ९० रुपैयाँ डिपोजिट बैंकहरूले दिन पाउछन्, शेयरमा १५ रुपैयाँ क्यापिटल ८५ रुपैयाँडिपोजिट राख्नुपर्छ। यसो गर्दा एक सय रुपैयाँको कर्जामा अन्यको तुलनामा पाँच रुपैयाँ बढी पुँजी कम लगानी गर्नुपर्छ। पाउँछ यसको लागि पाँच रुपैयाँ बढी पुँजी राख्नुपर्ने हुन्छ।उनले शेयर बजारमा अहिले देखिएको समस्या समधानमा रिक्स वेटज घटाउन सक्दा सहयोग पुग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.