|

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ। 

केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए। 

उनले कारवाही परेका कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए।

केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो। 

यस्तै केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्। मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए।

स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन्। स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ। 

केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताए। उनका अनुसार सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.