|

काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरूलाई बैठकका क्रममा आफ्ना कुरा खुलेर राख्न आग्रह गरेका छन्। महासमिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मन लागेको कुरा खुलेर बोल्नुहोस् हामी बराबर हुनुहुन्छ।’

उनले बैठकमा केन्द्रले एजेन्डा प्रस्तुत गर्ने र त्यसमा महासमिति सदस्यहरूले विचार दिनुपर्ने बताए। पार्टी सुधार्नका लागि घर भित्रै राम्रोसँग सल्लाह हुनुपर्ने र महासमिति बैठकपछि एकताको सन्देश बोकेर जानुपर्ने उनले बताए। साथै उनले प्रतिपक्षकै हैसियतले कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने बताए।

उनले संविधानको सीमामा सरकार नभएको र सत्तामा बस्ने कम्युनिस्ट पार्टीका नेतामा कार्यकर्ता बलियो भयौँ भने देश बलियो हुन्छ भन्ने भ्रम रहेको बताए। सरकार निश्चित कम्युनिष्ट पार्टीको घेरामा रहेको उनले बताए। यो अवस्थामा सरकारलाई सही बाटोमा हिडाउने जिम्मेवारी कांग्रेसको रहेको बताए। 

साथै उनले नेपालमा दिगो शान्ति हुनुपर्ने र नेपालले आफ्नो निर्णय आफै लिन सक्ने क्षमता राख्नुपर्ने बताए। उनले कांग्रेस पार्टी सुधार्नका लागि महासमिति सदस्यको सुझाव आवश्यक रहेको पनि बताए। उनले निर्णय भएपछि विरोध गरेर समस्या समाधान नहुने बताए। उनले निर्वाचनपछिको एक वर्ष कांग्रेसले खेर फालेको बताए।

‘अब महासमिति सकेपछि हामी अभियान लिएर गाउँगाउँ जाजुपर्छ। सबै पार्टीका सदस्यसँग हातेमालो गर्दा पार्टी मजबुत हुन्छ,’ उनले भने, ‘कांग्रेस बलियो भयो भने देश बलियो हुन्छ। साधारणा सदस्य अभिलेखसहित विस्तार गरौँ।’

साथै उनले क्रियाशिल सदस्यको विवरण अनलाइनमा राखेर पारदर्शी बनाउनुपर्ने बताए। साथै उनले ६ महिना भित्रमा अर्लिमहाधिवेशन गर्नसमेत नेतृत्वलाई सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.