|
फाइल फोटो

रौतहट : नेकपा क्रान्तिकारी माओवादीका राष्ट्रिय अध्यक्ष मोहन वैद्य 'किरण' चढेको गाडी शुक्रबार राति दुर्घटनामा परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पौराई सडक खण्डमा अध्यक्ष वैद्य सवार गाडीले राजमार्गमा रोकिराखेको ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको थियो।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख २८९५ नम्बरको ट्रक सो सडकमा  रोकिरोखेको र सोही दिशाबाट आउँदै गरेको अटो मारुती ट्रकको पछाडिको भागमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिए।

बा३च ८४७० नम्बरको मारुतीमा सवार रहेका मोहन वैद्यलाई भने समान्य चोट लागेको प्रहरी निरीक्षक  पाठकले बताए। मारुतीमा सवार बाँके कोहलपुर नगरपालिकाका ४१ वर्षका वीरेन्द्र शाही तथा चालक सोही स्थानका मानबहादुर चदारा घाइते भएका छन्। चदाराको छाती र घाँटी तथा शाहीको निदार र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुको चन्द्रनिगाहपुर हस्पिटल प्रालिमा उपचार भएको छ। दुर्घटनामा परेको कारमा भने क्षति पुगेको प्रहरीले बताएको छ। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य भने शनिबार बिहान लहानतर्फ हिँडेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.