|

काठमाडौं : मगर भाषाका 'आदिकवि' जीतबहादुर सिंजाली मगरको दुर्घटनामा परी निधन भएको छ। मगर भाषामा साहित्य रचना गर्ने पहिलो व्यक्ति भएका कारण जीतबहादुर सिंजालीलाई मगर समूदायको आदिकविका रूपमा चिनिन्छ। मगर आदिकवि सिंजालीको आइतबार कपिलवस्तुमा निधन भएको हो। 

पूर्व-पश्चिम राजधार्गको कपिलवस्तु खण्डको बनकसीमा टिपरको ठक्करबाट कवि सिंजालीको निधन भएको प्रहरीले जनाएको छ। सिंजाली आइतबार बिहान लमहीबाट बुटवलतर्फ जाँदै गर्दा कपिलवस्तुको बनकसीमा गाडीले दिसापिसाव गराउने क्रममा सडक काट्दै गर्दा टिपरले ठक्करले दिएको प्रहरीले जनाएको छ। 
प्रहरीका अनुसार सिंजालीका झोलामा भएका नम्बरमा फोनका आधारमा पहिचान भएकाले उनको शव बुझ्न आफन्त आउन लागेको जनाएको छ। 

प्रहरीलाई प्राप्त नम्बर फोन गर्दा कालीगण्डकी गाउँपालिका—३ स्याङ्जा बताएको र हुलिएका आधारमा आफ्नो मान्छे भएको र उनीहरू कपिलवस्तुका लागि हिडेको प्रहरीले जनाएको छ। मृतक सिंजालीको शव अहिले कपिलवस्तुको बहादुरगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सिंजालीलाइ लु १ ख ५४९५ नम्बरको टिपरले ठक्कर दिएको हो। ठक्कर दिने टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको छ।

को हुन् मगर आदिकवि सिञ्जाली ?

मगर भाषामा सबैभन्दा पहिले कविता संग्रह प्रकाशन गरेर लामो समयसम्म हराएका कवि सिञ्जाली भर्खरै फेला परेका थिए। स्याङ्जा जिल्ला स्थायी घर भएका सिंजाली वि.सं. १९८८ साल जेठ १८ गते गुल्मी जिल्लास्थित मामाको घरमा जन्मिएको थिए।

मगर भाषा साहित्यमा विस २०१२ सालमा दुई कविता संग्रह 'मगर भाषाङ ल्हीङ् ड टूक्कौ किताब' र 'मगर भाषाङ काटसरौ किताब' लेखेर चार दशक बेपत्ता भएका सिंजाली मगर २०६२ साल कार्तिक १२ गते दाङ जिल्लाको भारतीय नाकासँग जोडिएको खंग्रा नाका क्षेत्रमा भेटिएका थिए।

चार दशक बेपत्ता भएका कवि सिंजालीको नाममा साहित्य प्रतिस्ठान स्थापना गरी मगर समुदायले उनको लामो समयको खोजी गरेपछि उनलाई फेला पारेको थियो। सिंजालीको नाममा स्थापना भएको 'आदिकवी जीतबहादुर सिंजाली मगर साहित्य प्रतिस्ठान'ले सिंजालीको पहिलो वृत्तचित्र ‘जीवित तर मृत’ (DEAD AT ALIVE) निर्माण गरेको छ।

मार्क्सवादी विचारधाराबाट प्रभावित कवि सिँजाली दाङ र भारतको नाकाक्षेत्रमा २०२६ सालदेखी बस्ती बसाउने व्यक्ति हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.