|

भारत सरकारले दक्षिण भारतीय सुपरस्टार महेश बाबुको बैंक खाता रोक्का गरेको छ। समयमै कर नतिरेको भन्दै वस्तु तथा सेवा कर विभागले उनको खाता रोक्का गरेको हो।

महेश बाबुले सन् २००७-८ मा गरेको आम्दानीबाट कर नबुझाएको भन्दै विभागले कारबाही स्वरूप उनको खाता रोक्का गरेको हो। उनले सन् २००७-८ मा उनले फिल्म तथा थुप्रै विज्ञापनमा अभिनय गरेका थिए। त्यसबाट कमाएको पारिश्रमिकबाट उनले कर नतिरेको विभागको भनाइ छ।

उनले १८ लाख ५० हजार भारतीय रुपैयाँ बराबरको कर नबुझाएको विभागको दाबी छ। सन् २००७-८ मा नबुझाएको करको जरिवाना र ब्याज गरेर अहिले विभागलाई ७३ लाख ५० हजार रुपैयाँ पुगेको छ। विभागले उक्त रकम भुक्तान गर्ने महेश बाबुको एक्सिस र आइआइआइ बैंकको खाता खाता रोक्का गरेको हो।

महेश बाबु दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित र सर्वाधिक पारिश्रमिक लिने अभिनेता हुन्। उनले दक्षिण भारतमा थुप्रै चर्चित फिल्म दिएका छन्। सामाजिक सञ्जालमा पनि उनका धेरै फ्यान फलोइङ रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.