|
फाइल फोटो

सोलुखुम्बु : नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ। फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको एयरलाईन्सले जनाएको छ।

गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि फाप्लु विराटनगरका लागि उडान तालिका राखिएको थियो। विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको नेपाल एयरलाईन्स फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो। अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठको बताए।

प्रदेश राजधानी विराटनगरलाई सिधा हवाई सेवासँग जोड्ने उदेश्यले उडान तालिका राखिएको भए पनि विमान यात्रु नहुँदा सेवा सञ्चालन गर्न नसकिएको बताइएको छ। सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन्। सडक मार्ग भरपर्दो हुने भएकाले पनि हवाई सेवाप्रति मानिसहरुको चासो नदेखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.