|

सोलुखुम्बु : भुकम्प पीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन्। पीडितले पहिलो किस्ता बापतको अनुदान रकम फिर्ता गरेका हुन्। तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरूले प्राधिकरणलाई नै अनुदान बापतको ५० हजार फिर्ता गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई सोलुखुम्बुले जनाएको छ।

जिल्लाको लिखुपिके गाउँपालिका ९ का जाङबु शेर्पाले आइतबार प्रधिकरणमा आएर तत्काल घर निर्माण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गरेकाे प्राधिकरणकी सामाजिक परिचालक माया शेर्पाले जानकारी दिइन्। २०७२ सालको  भुकम्पले लिखुपिके गाउँपालिका साविक गोली ९ का जाङबु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो। 'आफ्नो घर पूर्ण क्षतिमा पर्‍यो। अनुदान पाइन्छ भनेर सबैले भने' शेर्पाले भने, 'मैले पनि अनुदान बुझे अहिले तत्काल घर बनाउन नसके राज्यले दिने सेवा सुविधा कटाउँछ भनेको सुनेपछि लिएकाे रकमनै फिर्ता गरे।'

पूर्णक्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताए।अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने ३ जना रहेको राष्ट्रिय पुननिर्माण प्रधिकरण जिल्ला आयाोजना कार्यान्वयन इकाइ सोलुखुम्बुले जनाएको छ।

 सोलुदुधकुण्ड नगरपालिका ११ का बलबहादुर कार्की र सोलुदुधकुण्ड नगरपालिका ६ का छिरिङ शेर्पाले यस अघि नै पहिलो  किस्ता बापतको अनुदान रकम फिर्ता गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.