|

गुल्मीः  निर्वाचनको समयमा गाउँघर, छरछिमेकी, नेता, कार्यकर्ताहरु रातदिन नसुती, नखाई चुनाब जिताउन पर्छ भन्दै लागे र जिताए। तर, ठाउँमा पुगेपछि त्यी सबैलाई चटक्कै बिर्सेर अवसरमा नाताबाद हावी भएको छ। किनकी प्रदेश माननीयहरुले स्वकीय सचिवमा छोरादेखि श्रीमानसम्म नियुक्त गरेका छन्।

गुल्मी जिल्लाका प्रदेश सांसद खड्गबहादुर खत्रीले आफ्ना छोरा प्रतिक बहादुर खत्रीलाई स्वकीय सचिव राखेर आफैले तलबभत्ता लिने गरेका छन्। यस्तै दिनेश पन्थीले निर्वाचनको समयमा सहयोग गरेको भन्दै राजन केशीलाई स्वकीय सचिव  राख्ने आश्वासन दिए तर अहिले सबिता भट्टराईलाई स्वकीय सचिव राखेका छन्। 
नातामा साली पर्ने भट्टराईलाई उनले स्वकीय सचिव बनाएका छन्। सबिताको स्थायी ठेगाना रुपन्देही हो।  यस्तै प्रदेशकी  समानुपातिक सांसद गीता थापाले आफ्नै श्रीमान अशोक थापालाई स्वकीय सचिव बनाएकी छिन्। 

गीता थापाले यस अगाडिसम्म निर्वाचनमा सघाएका स्थानीयलाई स्वकीय सचिव राख्ने बताउँदै आएको भए पनि तलब भत्ता खाने बेलामा श्रीमानलाई अगाडि सारेको स्पष्ट भएको छ।

यस्तै प्रदेश सांसद कमल राज श्रेष्ठले गाउँकै रन्जना गौतमलाई स्वकीय सचिब बनाएका छन्। रन्जनाले चुनाबको समयमा खासै खुलेर राजनीति नगरेको तर हल्का फुल्का सहयोग गरेको बताउँछिन्। 

नाताबाद हाबी भयो : नेकपा नेता जिसी
नेपाल कम्युनिष्ट पार्टी गुल्मीका सचिव बुद्धि जिसीले अहिले पार्टीका माननीयहरुले स्वकीय सचिब राख्दा पाटीसँग कुनै छलफल नगरी नाताबादलाई केन्द्रित बनाएको बताए। निर्वाचनको समयमा कार्यकर्ताहरुलाई भोकै प्रचार प्रसारमा लैजाने अहिले अबसर आउँदा नाताबादमा जाने राम्रो नभएको उनले बताए। 

‘यस बिषयमा पार्टीमा पनि वहस हुन्छ, कार्यकता राखेको भए ब्यबस्थापन पनि हुने कार्यकर्ताले अबसर पाएको पनि हुने थियो तर त्यो भएन ।  स्वकीय सचिबराख्दा पार्टीसंग कुनै राय सुझाब मागिएको छैन।’ जिसीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.