|

बाँके : नेपालगन्जमा माघ २५ देखि फागुन ५ सम्म  हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको छ। 

मंसिर तेस्रो साता हुने भनिएको प्रतियोतिा भौतिक पूर्वाधार निर्माण पूरा नभएको भन्दै मिति सारिएको थियो। मिति सारिए पनि भौतिक पूर्वाधार निर्माण पूरा नहुने देखिएपछि काम छिटो सम्पन्न गर्न दिन रात काम गरिएको प्रादेशिक खेलकुद परिषद प्रदेश ५ का अध्यक्ष भीम ओलीले बताए।

माघ १५ भित्र नेपालगंज रंगशालाको फिल्ड एण्ड ट्रयाकको काम सक्न तीनवटा लोडर, ग्रेडर र डोजरले रातमा पनि काम गरिरहेको छ। फुटबल मैदानमा ग्राभेल बिछ्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष ओलीले बताए। 

फिल्ड एण्ड ट्रयाकको कामसँगै भिआइपी प्याराफिटका लागि फाउन्डेशन तयार पार्ने काम पनि धमाधम भइरहेको छ। बाँकेमा नदीजन्य बस्तु नपाइएपछि कैलालीको खटिया नदीबाट ल्याएर फिल्ड निर्माणलाई तीव्रता दिइएको अध्यक्ष ओलीले बताए। यस्तै, भारोत्तोलन, सुटिङरेन्ज, स्विमिङको प्याराफिट निर्माण पनि तीव्र गतिमा भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.