'सहुलियत लिने महानुभावको नाम अब पत्रिकामा आउँछ'

|

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ग्यासको सहुलियत लिनेहरूको सूची अब पत्रिकामा छापिदिने बताएका छन्। उच्‍च ओहोदामा बसेका व्यक्तिले समेत सहुलियतदरको ग्यास लिने गरेको भन्दै पत्रिकामा नामावली नै प्रकाशन गरिने बताएका हुन्।

उनले सहुलियत दरको ग्यास लिनेमा पूर्वराजा ज्ञानेन्द्रदेखि ग्यास उद्योगीसम्म र पूर्वप्रधानमन्त्रीदेखि अहिलेका प्रधानमन्त्रीसम्म रहेको बताएका हुन्। आफैँले पनि सहुलियत दरको ग्यास लिएको मन्त्री यादवले स्वीकारे। 

'ज्ञानेन्द्र शाहले त मलाई सहुलियतको ग्यास चाहिँदैन भन्नु नि तर भन्दैनन्' नेपाल आयल निगमको ४९ औँ वार्षिकोत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने यी यी महानुभावहरूले पनि ग्यासको सहुलिय लिनुभएको छ भनेर नाम प्रकाशित गर्छौँ' मन्त्री यादवले भने।

अहिले सरकारले उपभोक्तालाई छुट दिनको लागि ग्यासमा ८० रुपैयाँ सहुलियत मूल्य दिँदै आएको छ, विगतमा प्रतिसिलिन्‍डर ४०० रुपैयाँसम्म सहुलियत दिएको थियो। मन्त्री यादवकाअनुसार कम्तीमा उच्च ओहोदामा बस्ने व्यक्तिहरूले राज्यले दिएको सहलियत लिन नपर्ने हो।

तर,अहिले  ग्यासको मूल्य एक हजार चार सय रुपैयाँ तोकिएको छ भने त्यसमा सकारले ८० रुपैयाँ थपेर मूल्य पुर्‍याउने गरेको छ। तर, नेपाल आयल निगमले दुईथरीको ग्यासको मूल्य भने लागू गरेको छैन। 'अहिले ग्यासको मूल्य एक प्रकारको मात्रै रहेको छ, त्यो हो प्रतिसिलिन्डर एक हजार ४०० रुपैयाँ' नेपाल आयल निगमका नायव निर्देशक सुशील भट्टराईले भने।

विगतमा आयल निगमले घरायसी र व्यवसायी प्रयोजनको लागि छुट्टाछुट्टै ग्यास सिलिन्‍डर कायम गरेर फरक-फरक मूल्य लिने गरी काम अघि बढाएको थियो। तर, दुईथरीका ग्यास सिलिन्‍डर अहिले कायम हुन सकेको छैन। मन्त्री यादवले भने अब पुन दुईथरीको ग्यासको मूल्य लागू गरिने बताएका छन्। '२० रुपैयाँ कप चिया बेच्ने व्यपारीले किन्ने ग्यासको मूल्य पनि एउटै र १२० रुपैयाँ कप चियाको मूल्य लिने व्यापारीले किन्नेले पनि एउटै हुँदैन' मन्त्री यादवले भने, 'नयाँ जिएम आउनुभएको छ, अब यस्तो हुँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.