|

दाङ: दाङको घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरुको लागि नयाँ मोटरसाईकल खरिद गरेको छ। jवडाध्यक्षको काम प्रभावकारी बनाउनको लागि १६ वटा नयाँ मोटरसाइकल खरिद गरेको जानकारी गराइइएको छ। 

चालु आर्थिक वर्षका लागि सवारी साधन खरिदका लागि विनियोजन गरिएको ८० लाख रुपैयाँ मध्ये १६ वटा मोटरसाईकलमा २७ लाख रुपैयाँ खर्च गरिएको छ। ४८ लाखको दमकल खरिद पछि बाँकी बचेको ३२ लाखमा आह्वान गरिएको टेण्डर मार्फत १६ वटा नयाँ मोटरसाईकल खरिद गरिएको घोराही उपमहानगरपालिका खरिद शाखा अधिकृत बाबुराम पन्थीले जानकारी दिए।

टेण्डर आह्वान गर्दा २७ लाख आठ सयमा जगदम्वा मोटर्स प्राली नक्साल काठमाण्डौबाट १६ वटा मोटरसाईकल खरिद गरिएको र तीन वटा बजेट अभावका कारण खरिद गर्न नसकिएको शाखाले बताएको छ।  प्रति मोटरसाईकल एक लाख ६८ हजार आठ सय रुपैया पर्न गएको अधिकृत पन्थीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.