|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको असाधारण राजनीतिक परिवर्तनपछि आर्थिक सम्बृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यमले महत्वपूर्ण जिम्मेवारी बहन गर्न आग्रह  गरेका छन्। प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजना गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्य मन्त्री राईले उक्त कुरा बताएका हुन्।

सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्न जोड दिंदै पत्रकारलाई जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए। मुख्य मन्त्री राईले प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने दावी गरे। श्रमजीवी सञ्चार माध्यमलाई सम्बोधन गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाई छ। सुविधाको नाममा कुनै पनि व्यक्तिले पदिय दूरुपयोग गर्ने तथा नालायकी हुने छुट नभएको राईको भनाई छ।

मुख्यमन्त्री राईले कतिपय मीडियाले नकारात्मकताको खोजी गर्ने तर सकारात्मक पक्षको उगाजर गर्नेमा कम मात्र चासो लिने गरेको राईको गुनासो थियो। मीडियाको दुरुपयोग गरेर समाजलाई प्रदूषित गर्ने काम भइरहेको भन्दै उनले त्यस्ता कार्यप्रति जिम्मेवार पक्षको गम्भीर ध्यान जानु पर्ने राईको भनाई थियो। एक अर्को प्रशगमा राईले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनले टुंगो लगाउने गरि छलफल सुरु गरिएको बताए।

प्रदेश १ का सबै जिल्लाका पत्रकार महासंघका प्रतिनिधी सहभागि रहेको कार्यक्रममा पत्रकार आचारसंहिता, प्रेस काउन्सिलले गरिनुपर्ने कार्य बारेमा छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.