|

भक्तपुर : सल्लाघारीमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु भएको छ। भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको सो मेला पाँच दिनसम्म चल्नेछ।

मेलामा एक सय ५० स्टलहरु रहेका छन्। जसमध्ये एक सय स्टलहरूमा विधुतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहको छ। बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, नेवारी खाजा सेटहरू, योमरी, नौ बाजा, भोजपुरे खुकुरी, स्थानीय परम्परा झल्किने अन्नबाट बनेको आकृति, घरेलु उत्पादनका सामग्री, सजिसजावतका सामानहरूलगायत अटोमोबाइलका स्टलहरू राखिएको छ। भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार वर्षमा मेलाको आयोजना गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.