|


सल्यान : सल्यानमा प्रहरीको सक्रियतामा ठूलो परिणामको अवैध  घरेलु मदिरा नष्ट गरिएको छ। जिल्लाको शारदा नगरपालिका १, १२ र १५ न वडाका विभिन्न स्थानबाट दुईहजार ५०० लिटर भन्दा बढी अवैध मदिरा  र १७ किलाे भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको हो।

अवैध रुपमा उत्पादन भएको मदिरा संकलन गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ। घरेलु हिंसा तथा महिला हिंसालाई प्रशय दिन घरेलु मदिरा मुख्य कारक तत्व भएकाले अभियान नै चलाएर घरेलु मदिरा नष्ट गर्न लागिएको शितलपाटी इलाका प्रहरी कार्यालयका प्रमुख भागीरथ चन्दले बताए। मानवीय स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै अवैध रुपमा उत्पादन गरिएको उनको भनाई छ।

घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैध रुपवमा यस बिक्री वितरण भइरहेकाले जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतको सहकार्यमा प्रहरीले कडा निगरानी गरी रहेको प्रहरी प्रमुख चन्दले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.