प्रमुखलाई गाडी वडा अध्यक्षलाई मोटरसाइकल

|

कालिकोट : जिल्लाका ६ वटा गाउँपालिका र ३ वटा नगरपालिकाले अध्यक्ष/उपाध्याक्ष/प्रमुख/उपप्रमुख र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई सवारीसाधन अनिवार्य बनाएका छन्। सडक नै नभएका गाउँमा स्थानीय तह समेतले सवारीसाधनको मोह बढेको छ।

प्रमुखलाई गाडी वडा अध्यक्षलाई मोटर साइकल

गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरूले महँगा गाडी चढ्ने गरेका छन् भने वडा अध्यक्षहरूले मोटरसाइकल चढ्ने गरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल र तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीलाई चढ्नका लागि महँगा गाडी खरिद गरेको छन्।

वडा अध्यक्षहरूका लागि रास्कोट नगरपालिकाले गत आर्थिक वर्षमा १६ वटा मोटरसाइकल र नगर प्रमुखका लागि गाडी खरिद गरिएको नगरपालिका लेखापाल ज्ञानबहादुर ओलीले बताए। ‘वडा अध्यक्ष र नगर प्रमुखका लागि गत बर्ष गाडी खरिद गरिएको हो।’ उनले भने,‘नगरसभाले सवारी साधन खरिद गर्ने निर्णय गरेपछि सवारी साधन खरिद गरिएको हो।’

त्यस्तै, तिलागुफा नगरपालिकाले नगर प्रमुखका लागि गाडी र वडा अध्यक्षका लागि १२ वटा मोटर साइकल खरिद गर्नका लागि बोलपत्रको आह्वान गरेको छ। खाँडाचक्र नगरपालिकाले गत आर्थिक बर्षमा नै नगरप्रमुखका लागि गाडी खरिद गरेका नगरपालिकाले जनाएको छ।

सडक नै नभएका ठाउँमा सवारीसाधन खरिद

जिल्लाका शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकामा एक मिटर सडकमा गाडी गुड्दैनन्। ती गाउँपालिकामा समेत सवारी साधन खरिद गरिएका छन्।

नरहरिनाथ गाउँपालिकामा एक मिटर सडक नै नबनेको र गाउँपालिका अध्यक्षका लागि बलेरो जीप र केही वडा अध्यक्षका लागि सवारी साधन खरिद गरिएको गाउँपालिका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए। ‘गाउँमा सडक नै बनेको छैन्।’ उनले भने,‘तर, अध्यक्षका लागि भनेर गाडी खरिद गरि सकियो।’

त्यस्तै, शुभकालिका गाउँपालिकामा एक मिटर सडकमा सवारी साधन गड्दैनन तर, त्यस गाउँपालिकामा ७ वटा मोटरसाइकल खरिद गरिएको जनप्रतिनीधिका आफन्तहरूले सुर्खेत लगाएतका बजारमा सवारी साधन चलाउने गरेको स्थानीय भीमप्रसाद आचार्यले बताए। ‘गाउँपालिकाको सडक नै बनेको छैन्।’ उनले भने,‘जनप्रतिनिधिहरूले आफ्नो सुबिधाका लागि सवारी साधन खरिद गरेका छन्।’ पलाता र पचालझरना गाउँपालिकामा एक मिटर सडकमा सवारी साधन चल्ने गरेको छैन्। तर, त्यहाँ पनि सवार साधन खरिद गरिएको छ।

स्थानीय भन्छन्यो त अति भो

स्थानीय तहमा विकास निर्माणका लागि आएको रकमबाट जनप्रतिनिधिहरूले सवारी साधन खरिद गरिनु दुर्भाग्यपूर्ण भएको स्थानीयले बताएका छन्। विकास निर्माणका लागि आएको रकम जनप्रतिनिधिहरूले आफुखुसी सवारी साधन खरिद गरिनु गैरजिम्मेवारपूर्ण काम भएको खाँडाचक्र नगरपालिका–१ का चन्द्रप्रसाद कोइरालाले बताए। ‘विकास निर्माणका लागि खर्च गरिनुपर्ने रकम स्थानीय तहहरूका जनप्रतिनीधिहरूले सवारी साधनमा खर्च गर्नु उपयुक्त हैन।’ उनले भने,‘सिंहदरबार गाउँ गाउँमा आउनु भनेको जनप्रतिनीधिहरूका लागि मालामाल भयो।’

ठाउँ-ठाउँमा भेटिन्छन् बिग्रेका सवारीसाधन

स्थानीय तहहरूले खरिद गरेका सवारी साधन ठाउँ ठाउँमा भेटिने गरेका छन्। दुर्घटना परेमा वा बिग्रिएमा स्थानीय तहरूले खरिद गरेका सवारी साधन त्यही छोडेर जाने भएका कारणले ठाउँ ठाउँमा भेटिने गरेका छन्। स्थानीय तहका सवारी साधनहरू बिग्रिएका अवस्थामा ठाउँ ठाउँमा भेटिने गरेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ।

मोटरसाइकल चलाउन ड्राइभर

मोटरसाइकल चलाउन नजान्ने स्थानीय तहका जनप्रतिनीधिहरूले ड्राइभर राख्ने गरेका छन्। जनप्रतिनिधिहरूले आफै चलाउन नजान्ने गरेका कारणले मोटरसाइकल ड्राइभर राख्ने गरेका हुन्। आफै सवारी साधन चलाउन नसक्ने जनप्रतिनिधिहरूले ड्राइभर राख्ने गरेको सवारीसाधनको चरम दुरुपयोग भएको स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.