|

काठमाडौंः नेपाल विद्यार्थी संघका ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन्। रामचन्द्र पौडेल समुहका सबै नेताहरुले पौडेल मार्फतनै देउवालाई राजीनामा बुझाएका हुन्। नेविसंघ अध्यक्षले समयमै नेविसंघको महाधिवेशन गर्न नसकेको र नेतृत्वदायि भूमिका निर्वाह गर्न नसकेकाले आफूहरुले राजीनामा बुझाएको राजीनामा बुझाउने मध्येका केन्द्रीय सदस्य भोला नेपालले बताए।

मनोजमणि आचार्य, दीपक भट्टराईसहितका नेताहरुले राजीनामा बुझाएका हुन्। केही दिन अघि देउवा पक्षका केही नेताहरुले पनि राजीनामा बुझाएका थिए। नेपालले नेविसंघको महाधिवेशन नभइरहेको र त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा केन्द्रीय समितिमा बसिरहनुको औचित्य समाप्त भएपछि आफूहरुले राजीनामा दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.