|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूलाई नै प्राप्त हुने बताएका छन्।

अध्यक्ष दाहालले जनताको अपेक्षाअनुसार आगामी १० वर्ष मुलुकलाई नेतृत्व गर्ने अवसर नेपाली जनताले आफूलाई नै दिने विश्वास पनि व्यक्त गरे। आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे। देशभक्त गणतान्त्रिक मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने योजना पनि सुनाए।

अध्यक्ष दाहालले मुलुक समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे। कार्यक्रममा उनले बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि बिमोचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.